कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निर्वाचन निष्पक्ष गराउन पाल्पाका आठ दलको प्रतिवद्धता

माधव अर्याल

पाल्पा — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन पाल्पाका ८ राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । शुक्रबार तानसेनमा ती दलका नेता तथा प्रतिनिधिहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

निर्वाचन निष्पक्ष गराउन पाल्पाका आठ दलको प्रतिवद्धता

पाल्पा विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा एमालेका धनेन्द्रराज घिमिरे, कांग्रेसका हिमालदत्त श्रेष्ठ, माओवादी केन्द्रका राजेन्द्र विक, एकीकृत समाजवादीका कमल पाण्डेय, राष्ट्रिय जनमोर्चाकी नरमती सिंजाली, राप्रपाका डुलबहादुर कुँवर, स्वतन्त्र पार्टीका सुमन गैरे, जसपाका खिकबहादुर रेश्मीले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस क्रममा उनीहरुले मतदाताले रोजेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्ने हकको संरक्षण र सुनिश्चितताप्रति आफूहरू संवेदनशील रहेको बताए । साथै दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गर्ने प्रतिवद्धता पनि जनाएका थिए।

राजनीतिक दल र उम्मेदवारहरुले आफ्ना विचार, घोषणापत्र, एजेण्डा खुला रुपमा मतदाता समक्ष राख्ने, बहस गर्ने वातावरण सिर्जना गरी एक अर्काप्रति सम्मानजनक व्यवहार गर्ने पनि उनीहरूको प्रतिवद्धता थियो । दलका नेताहरूले निर्वाचन आचारसंहिता पाल्ना गर्दै आपसमा आरोप, प्रत्यारोप तथा मान, प्रतिष्ठामा आक्षेप लाग्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित : आश्विन १४, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?