कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सार्वजनिक पदमा भएका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने आयोगको चेतावनी

जे पाण्डे

नेपालगन्ज — निर्वाचन आयोगले प्रतिनिधि तथा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र  निर्वाचन अधिकृत खटाएसँगै तल्लो तहसम्म  निर्वाचनको माहोल तातेको छ । 

सार्वजनिक पदमा भएका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने आयोगको चेतावनी

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण पनि दिन थालिएको छ । यसै क्रममा बुधबार नेपालगन्जमा भेला भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने चेतावनी दिएका छन् । ‘कात्तिक २४ गते देखि प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न कसैले पाउँदैनन्‚’ आयुक्त थपलियाले भने, ‘त्यति बेला सार्वजनिक र उम्मेदवारी दुवैतिरको पद खारेज हुन्छ ।’

आयोगले बुधबारदेखि नै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिता पालना भए/नभएको, उम्मेदवारले तोकिएभन्दा धेरै रकम खर्च गरे/नगरेकोलगायत विषयमा आयोगले सूक्ष्म तथा गोप्य ढंगले अध्ययन गरिरहेको जनाएको छ ।

अनुगमनकर्ताले दिएको प्रतिवेदनका आधारमा उम्मेदवारलाई आचारसंहिता पालना गर्न लगाउने र कारबाही गर्ने तयारी आयोगको छ । मतदान सकिएको ४८ घण्टाभित्रै मतगणना सम्पन्न गर्ने मुख्य निर्वाचन अधिकृतलाई पुस्कार स्वरुप निर्वाचन अवार्डसमेत दिने पक्षमा आयोग रहेको प्रमुख आयुक्तले बताए ।

‘खसेको मतका आधारमा जसले छिटो मतगणना गर्छ‚ उसलाई निर्वाचन दिवसको दिन आकर्षक पुस्कार दिइने छ‚’ उनले भने । तर यसबारे निर्णय गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले अघिल्ला निर्वाचनबाट पाठ सिकेर बदर मतसंख्या घटाउने र निर्वाचनको नतिजा चाँडै सार्वजनिक गर्ने तयारी गरेको हो । समानुपातिकतर्फ भाग लिएका र प्रत्यक्षमा उम्मेवारी दिएका दल वा व्यक्तिको मात्र चुनाव चिह्न भएका मतपत्र छापेर मतदान छिटो र सहज गराउने र यसबाट बदर मत संख्यासमेत घट्ने अपेक्षा आयोगको छ ।

प्रकाशित : आश्विन १२, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?