१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले मंगलबारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । उपमहानगर- २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । 

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको ८५ वर्षीय हस्मात अलीले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालय पुगेका नगर प्रमुख प्रशान्त विष्टले ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।

उपप्रमुख कमरुद्दिन राईले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरूलाई थप खुसी मिलेको बताए ।

राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका सहायक प्रबन्धक अनूप न्यौपानेले वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए ।

बैंकले अहिलेसम्म उपमहानगररको १४ वटै वडामा पुगेर भत्ता वितरण गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?