लुम्बिनीमा थन्काइएका विद्युतीय बस दसैंमा चल्ने

अमृता अनमोल

बुटवल — लामो समयदेखि लुम्बिनीमा थन्काइएका विद्युतीय बसको परीक्षण सञ्चालन हुने भएको छ । लुम्बिनी विकास कोषले दसैंको अवसरमा असोज १५ गतेदेखि ५ दिन सञ्चालन गर्ने निर्णय गरेको हो । दसैंको उपलक्ष्यमा चार्जिंङ स्टेसन र गाडीहरूको मेसिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।

लुम्बिनीमा थन्काइएका विद्युतीय बस दसैंमा चल्ने

नियमित सञ्चालन भने प्रदेश यातायात कार्यालयबाट सवारीको नम्बर र रुट तय भएपछि हुने बताइएको छ ।

लुम्बिनी विकास कोषको सचिवालय बैठकले विद्युतीय बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ । विद्युतीय सवारी सञ्चालनमा जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ । कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

लुम्बिनी विकास कोषले प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनमा निवेदन पेश गरेको थियो । मंगलबार प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ । यातायात कार्यालयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस तथा भ्यान नियमित सञ्चालन हुने भट्टराईले बताए ।

कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाइएको थियो । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?