१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साहित्यकारको परिचय र सम्मानका लागि स्रष्टाकोश

अमृता अनमोल

बुटवल — कलाकार तथा साहित्यकारको सम्मान र परिचयका लागि भन्दै रुपन्देहीमा क्रियाशील कला तथा साहित्यकारहरूको चिनारी स्रष्टाकोश प्रकाशन भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले उनीहरुको व्यक्तिगत र कृतिगत विवरण समावेश गरेर स्रष्टाकोश प्रकाशन गरेको हो‚ जसको एक कार्यक्रमका बीच बुटवलमा लोकार्पण गरिएको छ ।

साहित्यकारको परिचय र सम्मानका लागि स्रष्टाकोश

स्रष्टाकोशमा साहित्य र समालोचनाको क्षेत्रमा क्रियाशील साहित्यकार, गायक, सङ्गीतकार, निर्देशक, अभिनयकर्मी, चित्रकार, मूर्तिकार एवम् संस्कृतिविद्हरू गरी ३ सय ९१ जना सर्जकहरूको विवरण समावेश गरिएको छ । साहित्यकार पुरुषोत्तम पाण्डेयले त्यसको संकलन तथा सम्पादन गरेका हुन् । उनले कलाकार तथा साहित्यकार भाषा, सस्कृतिको संरक्षक र देशका गहना भएकाले उनीहरुको इतिहास बचाउन स्रष्टाकोश प्रकाशन गरेको बताए ।

प्राज्ञ बुँद रानाले रुपन्देही स्रष्टाकोशले रुपन्देहीको भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको बताए । साहित्यकार जङ्गबहादुर शाहले स्रष्टाकोश सर्जकहरूको खोजी र पहिचानमा कोसेढुङ्गा साबित भएको बताए ।

प्रकाशित : आश्विन ११, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?