१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बर्दियामा हत्या आरोपी सात वर्षपछि पक्राउ

कमल पन्थी

बर्दिया — सात वर्षअघि एक मानिसलाई हत्या गरी फरार रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गेरुवा गाउँपालिका—४ का गंगाधर चालिसेलाई हत्या गरी फरार रहेका सोही ठाउँका ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका बुढाक्षेत्रीलाई ईलाका प्रहरी कार्यालय, पाताभारका प्रहरीले पक्राउ गरेको छ । उनी घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले जनाए ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही चलाइएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?