कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बैंकले ब्याज बढाएको भन्दै व्यवसायीहरू आन्दोलित

दुर्गालाल केसी

दाङ — बैंकहरूले चर्को रुपमा ब्याज बढाएको भन्दै दाङका व्यापारीहरू सडकमा उत्रिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आह्वानमा जिल्लाका सबै उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरू घोराहीमा भेला भएर आइतबार प्रदर्शन गरेका छन् ।

बैंकले ब्याज बढाएको भन्दै व्यवसायीहरू आन्दोलित

बैंकहरूले ८ प्रतिशतबाट एकैपटक १६ प्रतिशतसम्म ब्याज पुर्‍याएपछि त्यसविरुद्ध सडकमा उत्रिनुपरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।

कोरोना महामारीका कारण मारमा परेको व्यापार क्षेत्र महंगी र बैंकको चर्को ब्याजले तहसनहस हुन थालेपछि आन्दोलमा उत्रनुपरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

चर्को ब्याजका कारण उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सबै चौपट हुने अवस्थामा पुगेको व्यवसायीहरूको गुनासो छ । यस क्रममा व्यवसायीहरूले प्लेकार्ड र ब्यानरसहित घोराही बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन थापामार्फत् राष्ट्र बैंक र नेपाल सरकारलाई ज्ञापनपत्रसमेत बुझएका छन् ।

प्रकाशित : आश्विन ९, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?