१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका ४ का ५९ वर्षीय शालिकराम वलीको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताए ।

घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पैदलयात्री वलीलाई मोटरसाइकलले तुलसीपुरको शीतलपुर चोकमा ठक्कर दिएको थियो ।


प्रकाशित : आश्विन ९, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?