१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बबईमा माछा मार्न गएका एक किशोर बेपत्ता

कमल पन्थी

बर्दिया — माछा मार्न भन्दै बबई नदीमा गएका मधुवन नगरपालिका-५ का १७ वर्षीय किशोर बेपत्ता भएका छन् । उनीसँगै माछा मार्न गएका २५ वर्षीय युवालाई भने सकुशल उद्धार गरिएको छ ।

बाँके शमशेर गन्जस्थित सशस्त्र प्रहरीको गोताखोरले बेपत्ता भएका सञ्जीत थापाको खोजी कार्य जारी राखेको छ । सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढा मगरले खोजी कार्य जारी राखे पनि अहिलेसम्म थापा फेला पर्न नसकेको बताए ।

उनीसँग माछा मार्न गएका दुर्गा थापाले भने पौडेर ज्यान जोगाएको सप्रउ मगरले जानकारी दिए । पानी परिरहे पनि उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ । उक्त घटना बबई नदीस्थित कुसुम्बाघाट नजिक भएको हो ।

प्रकाशित : आश्विन ९, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?