२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बाल यौन दुरुपयोग मुद्दामा फरार अभियुक्त पक्राउ 

रुपा गहतराज

नेपालगन्ज — बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । प्रहरीले फरार रहेका कोहलपुर नगरपालिका–११ का ३१ वर्षीय प्रकाश खत्रीलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

बाल यौन दुरुपयोग मुद्दामा फरार अभियुक्त पक्राउ 

पक्राउ परेका खत्रीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खत्रीलाई बाँके जिल्ला अदालतले २०७५ फागुन २ गते बाल यौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजायको फैसला गरेको थियो ।


प्रकाशित : आश्विन ८, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?