कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बर्दियामा फरार अभियुक्त पक्राउ

कमल पन्थी

बर्दिया — जिल्ला अदालत, बर्दियाको फैसलाले काठ अनियमिता, कटान मुछान ओसार पसार मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका—११ का रतीराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतले २०७० साल जेठ २७ गतेको फैसलाले सो मुद्दामा ५ महिना ५ दिन सजायको फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराद्वारा जारी विज्ञप्ति अनुसार थारु लुकीछिपी आफ्नै घरमा बसेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ गरिएका थारुलाई अदालतको आदेशले कारागार चलान गरिएको छ । यसैबीच भारतबाट लुकाइ छिपाइ ल्याएको ८ थान सालको काठ प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका—१ स्थित नसृरी वनमा लुकाइ छिपाइ राखेको ७२ क्युफिट काठ बरामद गरी वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?