१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पञ्चकन्या समूहद्वारा छात्रवृत्ति प्रदान

कान्तिपुर संवाददाता

भैरहवा — पञ्चकन्या ग्रुप अफ इन्डस्ट्रिजले विगत तीन वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ । तिलोत्तमा–१५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट २०७६, २०७७ र २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई उक्त उद्योगद्वारा स्थापित ‘श्री प्रेमबहादुर श्रेष्ठ अक्षयकोष’बाट छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिएको हो ।

स्मृति बस्याल, सुबिन गैरे, शिव हमाल, करुणा बस्याल, आशिक पन्थी, विराट भट्टराई, आरती घिमिरे एवं खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र पञ्चकन्या औद्योगिक समूहका उपाध्यक्ष ध्रवकुमार श्रेष्ठले संयुक्त रूपमा विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेका हुन् ।


प्रकाशित : आश्विन ७, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?