१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तुलसीपुर १८ बालश्रममुक्त वडा घोषणा

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका १८ लाई शुक्रबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले प्रतिबद्धतापत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गरेका हुन् ।

तुलसीपुर १८ बालश्रममुक्त वडा घोषणा

तुलसीपुर १८ मा १० जना बालबालिकाहरु व्यावसायिक र घरेलु कामदारका रुपमा रहेकोमा उनीहरुलाई परिवारमै पुन:स्थापना गरी बालमैत्री वडा घोषणा गरिएको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताइन् । बालश्रम मुक्त घोषणा गरेबापत नगरप्रमुख खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

वडाध्यक्ष वलीले श्रममा रहेका बालबालिकाहरुको परिवारलाई उद्यमशील बनाउन आर्थिक सहयोग गरिएको जानकारी दिए । अब वडामा कुनै पनि बालश्रमिक नहुने र भएमा तत्काल उद्धार गरिने उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?