बाँकेमा राष्ट्र बैंकअगाडि व्यवसायीको धर्ना- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा राष्ट्र बैंकअगाडि व्यवसायीको धर्ना

रुपा गहतराज

नेपालगन्ज — नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसारपसारविरुद्ध नेपालगन्जका व्यापारी आन्दोलित भएका छन् । नेपालन्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । 

नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा शुक्रबार व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीका हितका लागि व्यवसाय सहज हुने गरी राष्ट्र बैंकले नीति संशोधन गर्नुपर्ने धारणा माग गरे । उनका अनुसार, ऋण ,ब्याज असुलीको नाममा बैंकहरुले व्यवसायीलाई ७ दिने सूचना पठाइ मानसिकरुपमा आतंकित बनाइरहेका छन् ।

संघका महासचिव चिरञ्जीवी ओलीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गरे । चाडबाडको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्नसमेत माग गरेका छन् । त्यसका लागि शनिबार बिहान अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय जमुनाह चोकमा उपभोक्ता सचेतना एवं दबाबमूलक कार्यक्रम गर्ने जनाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

स्याङ्जामा फरार प्रतिवादी पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — गोरु मारेको मुद्दामा १ वर्ष १ महिना ५ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का ३१ वर्षीय खेमबहादुर परियार पक्राउ परेका छन् । 

जिल्ला अदालत स्याङ्जाको २०७८ असोज ७ को फैसालाले उनलाई सो सजाय सुनाएको थियो । प्रहरीले एक वर्षपछि परियारलाई बुधबार पक्राउ गरी बिहीबार जिल्ला अदालतमा पेस गराएको र कैद भुक्तानका लागि सोही दिन कारागार चलान गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×