कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुटवलको एक घरमा चोरी प्रयास गर्ने युवक पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित एक घरमा चोरीको प्रयास गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–५ का २१ वर्षीय खगेन्द्र गाहा मगर रहेका छन् । बिहीबार राति साढे १२ बजे बुटवल उपमहानगरपालिका–४ संगम पथस्थित एक घरमा प्रवेश गरी हतियार देखाई चोरी गर्न लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–४ संगम पथस्थित एक घरमा प्रवेश गरी खुकुरी तथा चक्कु देखाई चोरी गर्न लागेको अवस्थामा २१ वर्षीय गाहालाई पक्राउ गरिएको हो । पक्राउ परेका गाहामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?