२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आईटीएफ तेक्वान्दोमा नवलपरासीलाई उपाधि

सन्जु पौडेल

तिलोत्तमा — नवौं राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिताअन्तर्गत मार्सलआर्टको विधा आईटीएफ तेक्वान्दोमा नवलपरासी जिल्लाले उपाधि चुमेको छ । ८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी जिल्ला टिम च्याम्पियन बनेको हो ।

यसैगरी खेलमा पाल्पा जिल्लाले ६ स्वर्ण, १ रजत र ७ कांस्य गरी कूल १४ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । खेलमा गुल्मी जिल्ला ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी कूल ९ पदक जित्दै तेस्रो तथा रोल्पा जिल्लाले ४ स्वर्ण, १ रजत र ३ कांस्य गरी कूल ८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा महिलातर्फ गुल्मीकी सविना श्रेष्ठ र पुरुषतर्फ पाल्पाका रजन रेश्मी उत्कृष्ट घोषित भए ।

प्रकाशित : आश्विन ६, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?