२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डेंगीविरुद्ध लुम्बिनीका सबै जिल्लामा अभियान

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगीको प्रकोप देखिएको छ । प्रकोप फैलिएपछि प्रदेशअन्तर्गतका सबै जिल्लाका स्वास्थ्य कार्यालयले डेंगीविरुद्ध अभियान सुरु गरेका छन् ।

डेंगीविरुद्ध लुम्बिनीका सबै जिल्लामा अभियान

स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले डेंगीको थप जटिलता रोक्नका लागि स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत नियन्त्रण र चेतना अभियान चलाएको बताए । स्वास्थ्य कार्यालयले हरेक जिल्लाका स्थानीय तहमा डेंगी नियन्त्रणको प्रभावकारी उपाय मानिने लामखुट्टे र त्यसको लार्भा खोज्ने र नष्ट गर्ने काम थालेको हो ।

‘डेंगी नियन्त्रणको प्रभावकारी उपाय लामखुट्टे र त्यसको लाभ्रा खोजेर र नष्ट गर्नु रहेछ । यस्तो अभियानमा जोडिन नागरिक संघसंस्था र साझेदार निकायलाई पनि आग्रह गरेका छौं,’ लुम्बिनी प्रदेशमा डेंगी रोग प्रकोपको अवस्थाबारे बिहीबार बुटवलमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री चौधरीले भने ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म २ हजार ७ सय ८ जना संक्रमीत भएका छन् । हाल डेंगी संक्रमित १३ जना सिकिस्त बिरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयका सचिव विकास देवकोटाले संक्रमण जताततै देखिएकाले सरकारी तथ्यांक थोरै भए पनि त्यसको दोब्बर बिरामी रहेको बताए । लक्षण भए पनि जाँच नगर्ने र भए पनि निजी अस्पतालमा गर्ने भएकाले तथ्यांकमा थोरै बिरामी देखिएको उनले बताए ।

लुम्बिनीमा २० वटा सेन्टरमा डेंगीको परीक्षण हुन्छ । यद्यपि किट अभावले बेला बेलामा परीक्षणमा अवरोध हुने गरेको छ । मन्त्रालयका सचिव देवकोटाले डेंगीको छुट्टै उपचार नहुने भएकाले किट नपाइने वा परीक्षण सम्भव नहुने बिरामीको प्लेटलेट्स हेरेर उपचार गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले संक्रमित लामखुट्टेका सबैजसो अन्डा सक्रिय हुने भएकाले नष्ट गर्ने अभियानलाई घरघरमा पुर्‍याउन आवश्यक रहेको बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?