३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

४६ जनामा डेंगी संक्रमण पुष्टि

वडामा निःशुल्क परीक्षण
रूपा गहतराज

नेपालगन्ज — बाँकेमा केहि दिनयता डेंगी संक्रमण बढ्दै गएको छ । बाँकेमा अहिलेसम्म ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका ४ मा थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस देखिएको छ ।

४६ जनामा डेंगी संक्रमण पुष्टि

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा बिहीबार सञ्चालित किटजन्य रोग लक्षित एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा वडाका ४८ जनाको जाँच गर्दा दुई जनामा डेंगी र एक जनामा स्क्रब टाइफस संक्रमण देखिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले बताए ।

वलीका अनुसार २१ वर्षका पुरुष र ३६ वर्षकी महिलामा डेंगी संक्रमण देखिएको छ भने ४९ वर्षकी १ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । यसअघि ४४ जनामा डेंगी संक्रमण पुष्टि भएकोमा अब ४६ जना पुगेका छन् । तीमध्ये नेपालगन्जका १७ जनामा संक्रमण देखिँदा वडा नम्बर ४ का मात्रै ६ जना छन् ।

वडाध्यक्ष गोपाल पुनले वडा नं. ४ का धेरै जनामा डेंगी देखिएपछि वडाले निःशुल्क रुपमा परीक्षणको व्यवस्था मिलाएको बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?