शिक्षा अधिकृतलाई दुर्व्यवहार गर्ने पक्राउ

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकाका शिक्षा शाखा अधिकृत नारायण खनाललाई दुर्व्यवहार गर्ने प्रयास गर्दै हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) का नेता अर्जुन विष्ट रहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

विष्टविरुद्ध अभद्र व्यवहारअन्तर्गत कारबाही चलाइएको प्रजिअ बास्तोलाले बताए ।

उनी नेकपानिकट अखिल (क्रान्तिकारी)का विद्यार्थी रहेको प्रहरीले बताएको छ । शिक्षक नियुक्ति, सरुवा, बढुवालगायत विषयमा शाखा अधिकृत खनालमाथि कारबाही गरेको अखिल (क्रान्तिकारी) का नेता लोकेश जोशीले बताए ।

कार्यालय कक्षमा पसेर कालोमोसो लगाउने प्रयास गर्दै शिक्षा शाखा प्रमुख खनालमाथि हातपात गर्दा कर्मचारीले विरोध गरेका थिए । ५ जनाको समूहमा आएका उनीहरूलाई पक्राउ गर्न खोज्दा चार जना भागेको र एक जनालाई कर्मचारीले समातेर प्रहरीलाई बुझाएको नगर प्रमुख तेजबहादुर भाटले जनाए ।

प्रकाशित : आश्विन ६, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?