३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सात मिटर गहिरो सडकको खाल्डो पुर्न डेढ महिना

कमल पन्थी

बर्दिया — ठाकुरद्धारा र मधुवन नगरपालिका-१ स्थित पुल जोड्ने सडकमा परेको करिब सात मिटर गहरो खाल्टो पुर्न डेढ महिना लाग्ने  डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ । पाँच दिनअघि परेको अविरल वर्षाले अविरल वर्षाले पर्यटकीय केन्द्र ठाकुरद्धारा र मधुवन नगरपालिका-१ स्थित पुल जोड्ने सडक भासिएको छ । सडक भासिएपछि सवारी साधन आउजाउ ठप्प भएको छ । 

सात मिटर गहिरो सडकको खाल्डो पुर्न डेढ महिना

गत वर्ष पनि यसै ठाउँमा बाढीले सडक भत्काएपछि मधुवन नगरपालिकाको पहलमा खाडल पुरिएको थियो । यस मार्गबाट दर्जनौं सवारी साधन र सयौं मानिस आउजाउ गर्ने गरेका छन् । तर‚ सडक भासिएपछि पैदल र मोटरसाइकल बाहेक चारपांग्रे सवारी आवागमन ठप्प भएको हो ।

पर्यटकीय केन्द्र डल्ला होमस्टे र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको यो सडकखण्ड सदरमुकाम गुलरियालगायत राजापुरसम्मका यात्रुका लागि छोटो बाटो मानिन्छ । चारपांग्रे सवारीबाट घुमाउरो बाटो भएर जाँदा करिब एक घण्टा ढिलो पुग्ने गरिएको स्थानीयहरूले बताएका छन् ।

यस मार्गबाट आउजाउ रोकिएपछि बेलवा, भुरीगाउँ, ठाकुरद्धारा र डल्ला पुगिन्छ । स्थानीय प्रदेशी थारुले राजमार्गमा यसरी सडक भासिएको भए तत्काल मर्मत हुने गरेको बताए । ‘ग्रामीण र पर्यटकीय क्षेत्र जोड्ने सडक भासिँदा डेढ महिना खाडल पुर्न लाग्नु भनेको दुर्भाग्य हो,’ उनले भने‚ ‘जिल्लामा दलका नेता प्रभावशाली नभएकै कारणले भएजस्तो छ ।’

डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख नीरज शाक्यले भासिएको सडक बनाउन ४५ दिन लाग्ने बताए । ‘चार दिनअघि भासिएको सडक मर्मतमा कति लागत लाग्ने भन्नेबारे इस्टिमेट भइरहेको छ,’ उनले भने‚ ‘इस्टिमेट तयार भएपछि पुल महाशाखामा पत्रचार हुन्छ । त्यसपटि उताबाट बजेट स्वीकृत भएपछि काम सुरु गरिने छ ।’

प्रकाशित : आश्विन ५, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?