हत्याका प्रतिवादी २१ वर्षपछि पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा हत्या घटनाका फरार प्रतिवादीलाई प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको विष्णुपुरामा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई हालसम्म फरार रहेका गौडहवा गाउँपालिका– ५ का ५७ वर्षीय रामपति अहिर यादव पक्राउ परेका हुन् ।

हत्याका प्रतिवादी २१ वर्षपछि पक्राउ

उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सो घटनामा संलग्नहरू भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएको प्रहरीले जनाएको छ । रुपन्देही जिल्ला अदालतको २०७३ साल वैशाख ३० गतेको फैसलापछि फरार रहेका प्रतिवादीमध्येका एक रामपति यादव २१ वर्षपछि पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान मुद्दाअन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले २०७३ सालमा फैसला गरेको थियो ।

मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलअनुसार जन्मकैद (२० वर्ष) सजाय पाएका रामपति यादवलाई २०७९ असोज ४ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा सोही दिन नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रकाशित : आश्विन ५, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?