कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाँकेमा ब्राउनसुगरसहित तीन जना पक्राउ

रूपा गहतराज

नेपालगन्ज — इलाका प्रहरी कार्यालय कोहलपुरले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लका अनुसार कोहलपुर नगरपालिका–१२ चप्परगौडीबाट प्रहरीले रूद्रबहादुर कार्की, उनकी श्रीमती एशोदा कार्की र मनोज गिरीलाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित शनिबार पक्राउ गरिएको हो ।

कार्कीको घरबाट ब्राउनसुगर तौलिने तराजुसमेत बरामद भएकोले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्तिसोनारी गाउँपालिका–८ शम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित : आश्विन २, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?