बाढीमा फसेका ३ जनाको उद्धार

ठाकुरसिंह थारु

नेपालगन्ज — राप्ती नदीको बाढीमा फसेका राप्ती सोनारी गाउँपालिका-४ का ३ जनाको २४ घण्टापछि उद्धार गरिएको छ । उनीहरू शनिबार बिहान गाई चराउन गएका बेला राप्ती नदीको भांगालोले घेरिएको टापुमा फसेका थिए । 

राप्ती नदीमा पानीको सतह घटेपछि उनीहरूको उद्धार सम्भव भएको हो । ईलाका प्रहरी कार्यालय धामपुरका निमित्त प्रमुख वरिष्ठ हवल्दार तुलसीराम चौधरीका अनुसार पानीको सतह घटेपछि उद्धारका लागि प्रहरी पुगेको थियो । ‘अहिले बाढी घटिसकेको छ । टापुमा फसेका गोठालाहरु सकुशल छन्,’ उनले भने ।

स्थानीयका अनुसार राप्ती सोनारी गाउँपालिका-४ का ५५ वर्षीय सीताराम थारु, ४५ वर्षीय बल्लुराम थारु र ६० वर्षीय लोकबहादुर थारु गोठाला गएका थिए । दिउँसो राप्ती नदीमा बाढी आएपछि उनीहरू फसेका थिए ।

प्रकाशित : आश्विन २, २०७९ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?