२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सियारी गाउँपालिकामा प्रदेशस्तरीय विज्ञान संग्रालय निर्माण हुने

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सियारी गाउँपालिकास्थित छपियामा प्रदेशस्तरीय विज्ञान संग्रालय निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा छपियास्थित पब्लिक माविमा प्रदेशस्तरीय विज्ञान संग्रालय निर्माण हुन लागेको हो ।

संग्रालयको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खानले शिलान्यास गरे । १६ करोडको लागतमा निर्माण हुन लागेको संग्रालयका लागि यस वर्ष १० करोड विनियोजन गरिएको शिक्षामन्त्री खानले जानकारी दिए ।

बहुवर्षे योजनाको रुपमा अगाडि बढाइएको सो योजनाको काम केही दिनभित्रै सुरु गरिने मन्त्री खानले जानकारी दिए । उनले प्रदेश सरकारसँग सिमित स्रोतको कारण आयोजनालाई बहुवर्षीय बनाइएको उल्लेख गर्दै तीन वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले प्रादेशिक विज्ञान संग्रालयले सियारीलाई शैक्षिक हबको रुपमा विकास गर्न टेवा पुर्‍याउने बताए । उनले संग्रालय निर्माण पछि सियारीलाई पर्यटकिय केन्द्रको रुपमा समेत विकास हुने उल्लेख गर्दे समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे ।

पहिलो वर्ष संग्रालय भवन निर्माणको सम्पन्न हुने गरी काम अगाडि बढाइको मन्त्रालयले जनाएको छ । विज्ञान संग्रालय निर्माण भएपछि शिक्षक, विद्यार्थी तथा विज्ञान विषयका अन्वेषकलाई विज्ञानको इतिहास, विज्ञानका पुरानादेखि नयाँ नयाँ आविष्कारको अध्ययन अवलोकन गर्न सकिने छ ।

प्रकाशित : आश्विन २, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?