कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

रोल्पामा दोषी करार गरिएका युवा फक्राउ

काशीराम डाँगी

रोल्पा — अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा दोषी करार भइ फरार रहेका एक युवालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । रोल्पा जिल्ला अदालतबाट लागूऔषध चरेस मुद्दामा फैसलापछि फरार भएका थबाङका युवा पक्राउ परेका हुन् । 

करिब अढाई वर्षसम्म फरार रहेका थवाङ गाउँपालिका–२ थबाङका ४० वर्षका किशोर बुढामगरलाई प्रहरीले भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ पुरानो बसपार्कबाट पक्राउ गरेको थियो । उनलाई अदालतमा फैसला अनुसार कैद भुक्तानका लागि सबै प्रक्रिया पुर्‍याई रोल्पा कारागारमा पठाइएको छ ।

उनीमाथिको अभियोगमा रोल्पा अदालतले २०७६ फागुन २९ मा फैसला गरेको थियो । मुद्दा फैसला गर्दै अदालतले किशोरलाई १ वर्ष ६ महिना कैद भुक्तानी गर्न र १५ हजार रुपैयाँ जरिवाना बुझाउन आदेश गरेको थियो ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले फैसला कार्यान्वयन गराउन प्रहरीले दोषी खोज्न थालेको जनाए । रोल्पा जिल्ला अदालतले लागूऔषध, कर्तव्य ज्यान, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दा फैसला गरिसक्दा पनि कतिपय दोषी अझै फरार छन् ।

प्रकाशित : आश्विन १, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?