पेस्तोलसहित एक जना नियन्त्रणमा

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले रिभल्वर पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शुक्रबार बुटवल ९ इटाभट्टीमा रहेको होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामीलाई नियन्त्रणमा लिएको हो ।

पेस्तोलसहित एक जना नियन्त्रणमा

बाग्लुङ दगातुन्डाँडा घर भइ बुटवल उप–महानगरपालिका ८ सुख्खानगर बस्ने सलामीको साथबाट रिभल्वर पेस्तोल १ थान, सोही रिभल्वर पेस्तोलमा लोड भएको गोली १ थान र अन्य थान २ गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुमती लिई अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित : भाद्र ३१, २०७९ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?