कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बाँकेमा लागूऔषधसहित एक जना पक्राउ

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।

भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो।

भारतबाट पैदल आइरहेका चौधरीलाई शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइ राखेको पाँच पोका ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित : भाद्र ३१, २०७९ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?