लुम्बिनी प्रदेशको नगरपालिका संघको संयोजकमा पन्थी

घनश्याम गौतम

रूपन्देही — नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

लुम्बिनी प्रदेशको नगरपालिका संघको संयोजकमा पन्थी

पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति हुन् । भेलाले सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याललाई चयन गरेको छ । उनी एमालेबाट निर्वाचित भएका हुन् ।

जनप्रतिनिधिहरूले संघलाई प्रदेशका सबै नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी सहमतिमा कार्यसमिति चयन गर्ने नीति बनाएका छन् । यसअघि नगरपालिका संघको संयोजकमा बुटवल उपमहानगरपालिकाका प्रमुखमा शिवराज सुवेदी थिए ।

नगरपालिका संघमा लुम्बिनी प्रदेशमा पहिलो हुने पार्टीले संयोजक र दोस्रो दलले सहसंयोजक लिने व्यवस्था छ । भेलाले माओवादी केन्द्र, जसपा, जनमोर्चालगायत दललाई सदस्य दिएको र १५ सदस्यीय संघ बनेको पूर्वसंयोजक सुवेदीले बताए ।

प्रकाशित : भाद्र ३०, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?