कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस भएकाहरूको पूर्ण विवरण सार्वजनिक

ठाकुरसिंह थारु

नेपालगन्ज — नेकपा एमाले बाँके जिल्ला कमिटीले उम्मेदवारहरूको नाम सिफारिस गर्दा सीमित उम्मेदवारहरूको मात्रै नाम सार्वजनिक गरिएको भन्दै जिल्ला कमिटीका केही नेताहरूले आपत्ति जनाएका छन् ।

बाँकेबाट केन्द्रीय सदस्य भएका सूर्य ढकालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको रुपमा आफूसहित निकटका नेताहरूको नाम मात्रै सार्वजनिक गरेको भन्दै सिफारिसमा परेका अन्य आकंक्षीहरूले विरोध जनाएका हुन् । सिफारिसमा परेका अन्य उम्मेदवारहरूले आफ्नो नाम प्रदेश र संघमा नपठाएको भन्दै जिल्ला नेतृत्वविरुद्ध उत्रिएका थिए ।

असन्तुष्ट पक्षको विरोधपछि एमाले बाँकेले तीनवटै निर्वाचन क्षेत्रबाट संघ र प्रदेशमा प्रयक्षतर्फ सिफारिस भएका उम्मेदवारहरूको पूर्ण विवरण सार्वजनिक गरेको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जिल्लामा आएका सबै आकंक्षीको नाम सिफारिस गरेको बताए ।

एमाले बाँकेले बुधबार एक विज्ञप्ति जारी गर्दै सिफारिसमा परेका सबै आकंक्षीको नाम सार्वजनिक गरेको जनाएको छ। विज्ञप्ति अनुसार निर्वाचन क्षेत्र नं १ बाट संघका लागि सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा, बलराम भट्टराई र कृष्णाकुमारी चालिसेको नाम सिफारिसमा परेको छ । त्यस्तै निर्वाचन क्षेत्र १ (क) प्रदेशबाट परशुराम थारु, रामकुमार दीक्षित, तीर्थराज डांगी, विक्रम यादव, सोहनलाल यादव र खुमा डाँगीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र १ (ख) बाट दुर्गाप्रसाद चौधरी, नरेन्द्र शर्मा, गोपल गिरी, सूर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, विजुला अधिकारी र विष्णु बेल्वासेको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि मो. हारुन हल्वाई, रवीन्द्र लम्साल, अक्रम अन्सारी, शिव डोटेल, रचना श्रेष्ठ, सरस्वती शर्मा, पार्वती बोहरा गुरुङको नाम सिफारिसमा परेको एमालेले जनाएको छ । निर्वाचन क्षेत्र नं २ (क) प्रदेशमा विजयबहादुर यादव, राजेन्द्र कँडेल र विष्णु भण्डारीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र नं २ (ख) प्रदेशबाट निरक गुरुङ, हलिम शाह, मनोज बर्मा, कृष्णप्रसाद श्रेष्ठ, मिना ढकाल, कैलाश यादव, दत्तप्रसाद आचार्य र मो. हकिम हल्वाइको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं ३ बाट संघमा किस्मतकुमार कक्षपति, रत्नबहादुर खत्री, कृष्ण सार्कीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशमा चन्द्रबहादुर चौधरी, अब्दुलकरिम खाँ, इमानसिंह ठकुरी, प्रेमप्रसाद सुवेदी, मानबहादुर रुचाल र कन्चन गौतम परेका छन् । निर्वाचन क्षेत्र नं ३ (ख) मा पदमबहादुर धिताल, डिल्लीबहादुर बिसी, भीम ओली र मिरा खनालको नाम सिफारिसमा परेको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?