पति हत्या आरोपी महिला प्रहरीको नियन्त्रणमा

अमृता अनमोल

बुटवल — पति हत्या गरेको आरोपमा रुपन्देहीकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिलोत्तमा नगरपालिका १५ सखुवानीका जगदीश चौधरीको हत्या गरेको आरोपमा पत्नी ३९ वर्षीया ग्रिजादेवी थारु पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेकी हुन् ।

हत्यामा छिमेकी ५२ वर्षको फूलचन्द्र बानियाँले सघाएको भन्दै प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।

ग्रिजाको पतिसँग आर्थिक र घरायसी विवाद भएको र बानियाँसँग अवैध सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

प्रकाशित : भाद्र २९, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?