शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरूद्वारा नगरपालिका घेराउ र प्रदर्शन

नवीन पौडेल

परासी — शिक्षक सरुवाको विषयलाई लिएर पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित विद्यार्थीहरूले नगरपालिका कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । नगरपालिकाले एकै पटक ३३ जना शिक्षक सरुवा गरेको विरोधमा विद्यार्थीले नगरपालिका घेराउ गरेका हुन् ।

शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरूद्वारा नगरपालिका घेराउ र प्रदर्शन

विद्यार्थीको प्रदर्शनका कारण नगरपालिकाले बाल दिवसका अवसरमा आयोजना गरेको कार्यक्रम प्रभावित बनेको थियो । विद्यार्थीको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । नगरपालिकाको प्राङ्गणमा विद्यार्थीले विरोध प्रदर्शन गर्दा प्रहरीले धरपकड गरेको थियो ।

शैक्षिक सत्रको मध्य समयमा शिक्षक सरुवा गर्दा अध्ययन अध्यापन प्रभावित भएको भन्दै विद्यार्थीहरूले विरोध जनाएको बताएका छन् । नगर प्रमुख धनपत यादवले भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक सरुवा गरिएको बताएका छन् ।

‘हामीले शैक्षिक सुधारका लागि सरुवा गरियो, शिक्षक आन्दोलित हुनुपर्नेमा विद्यार्थीलाई परिचालन गरिएको छ,’ उनले भने, ‘बाल दिवसको अवसरमा बालबालिकालाई प्रयोग गरिएको भन्दै अभिभावकले उजुरी दिएका छन् । यस विषयमा हामी छानबिन गर्दैछौं ।’ प्रदर्शन स्थलमा अहिले स्थिति सामान्य बनेको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?