संघ र प्रदेश निर्वाचनमा बादी समुदायको प्रतिनिधित्व सुनिश्चत गर्न माग

रुपा गहतराज

नेपालगन्ज — बादी समुदायले संघ र प्रदेश निर्वाचनबाट वादी समुदायको प्रतिनिधित्व सुनिश्चत गर्न माग गरेको छ । सामुदायिक सशक्तीकरण तथा रुपान्तरण नेपालगन्जको आयोजनामा नगरमा र्‍याली गर्दै सोमबार पत्रकार सम्मेलन गरेर बादी समुदायले दलितभित्र पनि पछाडि परेको बादी समुदायको उत्थानका लागि संघ र प्रदेशमा प्रतिनिधित्वको माग गरेको हो । 

संघ र प्रदेश निर्वाचनमा बादी समुदायको प्रतिनिधित्व सुनिश्चत गर्न माग

पत्रकार सम्मेलनका क्रममा बोल्दै उनीहरुले जनसंख्याको रुपमा गरिने समानुपातिक प्रतिनिधित्वले बादी समुदायलाई नसमेटेको बताए ।

‘विभिन्न जिल्लामा पार्टीहरूबाट सिफारिस भएकाहरू समानुपातिक रुपमा मात्र नभएर न्यायोचीत रुपमा सामाजिक न्यायको सिद्धान्तको आधारमा बादी समुदायलाई समावेश गराउनुपर्छ‚’ राष्ट्रिय बादी सञ्जालका अध्यक्ष केशव नेपालीले भने, ‘सिफारीस मात्र होइन । बन्दसूचीमा पारेर बादी समुदायको सहभागिता सुनश्चित गर्न माग गर्दछौं ।’

बादी समुदायकी अगुवा सुशीला नेपालीले बादी समुदायका महिलाहरूले अझै पनि एकल महिला भत्ता पाउन नसकेको बताइन् ।

प्रकाशित : भाद्र २८, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?