१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाल्हिनन्दनमा उपाध्यक्ष खातुनलाई नै कार्यवाहक अध्यक्षको जिम्मा 

नवीन पौडेल

पश्चिम नवलपरासी — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार ऐनविपरीत गाउँपालिकाको कार्यवाहक अध्यक्ष तोकिएको भन्दै कार्यपालिकाको निर्णय उल्टाएको छ ।

पाल्हिनन्दनमा उपाध्यक्ष खातुनलाई नै कार्यवाहक अध्यक्षको जिम्मा 

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको कार्यपालिका बैठकले अध्यक्ष बैजुप्रसाद गुप्ता कार्यालयमा लामो समय अनुपस्थित भएपछि उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएर वडाध्यक्षलाई कार्यवाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी तोकेको थियो ।

गाउँपालिका अध्यक्ष गुप्तालाई लागूऔषधको झुटा मुद्दामा दुई भारतीय व्यक्तिलाई नियतवस फसाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि कार्यालयमा नआएको र कार्यपालिकामार्फत कार्यवाहक तोक्न पत्र लेखेपछि भदौ १९ गते कार्यपालिकाको बहुमतमार्फत वडा नम्बर १ का वडाध्यक्ष चुल्हाईप्रसाद यादवलाई जिम्मेवारी दिइएको थियो । तर यस निर्णयमा पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले असहमति जनाएकी थिइन् ।

उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन हुने नहुने विषयमा पालिकाले मन्त्रालयमा पत्राचार गरेपछि भदौ २६ गतेको सचिवस्तरीय निर्णयबाट पालिका उपाध्यक्ष खातुनलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पत्र मन्त्रालयले पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड ‘क’ र ‘ख’ आकर्षित हुने भन्दै उपाध्यक्षलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन निर्देशन आएको पाल्हिनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गौतमले बताए ।

कार्यपालिकाले आफूविरुद्ध अन्याय गरे पनि मन्त्रालयले कानुनअनुसार न्याय गरेको उपाध्यक्ष फातुमा खातुन अन्सारीले बताइन् ।

प्रकाशित : भाद्र २७, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?