१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सरकारी वकिल कार्यालयबाट भागेका थुनुवा २९ घण्टापछि पक्राउ

दुर्गालाल केसी

दाङ — घोराहीस्थित जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका थुनुवा २९ घण्टापछि पक्राउ परेका छन् । चोरी मुद्दामा पक्राउ परी बिहीबार म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगेको बेला शौचालयबाट भागेका घोराही उपमहानगरपालिका १७ का २१ वर्षीय लक्ष्मण बिकलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।

सरकारी वकिल कार्यालयबाट भागेका थुनुवा २९ घण्टापछि पक्राउ

बिक शौचालय गएको बेला भेन्टिलेसनको सीसा फोरेर बाहिर निस्की दुईतले घरबाट हाम फालेर भागेका थिए । उनलाई गढवा गाउँपालिका ८ कोइलाबासस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

बिकलाई बुधबार घोराही ११ डोक्रेना चोकस्थित मिनाकुमारी लम्सालको घरबाट नगद् र सुनका गहना चोरी भाग्दै गरेको अवस्थामा पक्राउ गरी थुनामा राखिएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा म्याद थपको प्रक्रियाका लागि बिकलाई बिहीबार सरकारी वकिल कार्यालय लगिएको थियो । अहिले बिकलाई थुनामा राखेर चोरी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए ।

प्रकाशित : भाद्र २५, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?