तानसेनमा करेन्ट लागेर एक जनाको मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेनमा मंगलबार ३४ वर्षीय महेश राईको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङको जन्तेढुंङ्गा–३, घर भई तानसेन नगरपालिका–१, गैरागाउँ बस्दै आएका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तानसेन नगरपालिका–४, सिलखानल टोलस्थित झविन्द्र देवकोटाको घरमा काम गर्ने क्रममा अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

करेन्ट लागेर घाइते भएका राईको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । अनुसन्धान अधिकृतसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?