१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गगनशिला खड्का

गुल्मी — गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसिथोक निवासी ४२ वर्षीया मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राना घरको टिनको छानामाथि चढेका बेला छानामा रहेको विद्युत्‌को नांगो तारका कारण करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त भएको तर पुष्टि नभइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका नायब उपरीक्षक (डीएसपी) माधवराज खरेल बताए ।

करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका रानाको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्लाकै इश्मा गाउँपालिकाकी एक हप्तादेखि बेपत्ता रहेकी बालिका मृत अवस्थामा फेला परेकी छन् । इश्मा गाउँपालिका–२ मझुवा निवासी प्रकाश कुवँरकी ७ वर्षीया छोरी क्रिष्टिना कुवँर सोमबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत हप्तादेखि हराइरहेकी कुवँरलाई इश्मा गाउँपालिका २ मडारेस्थित छल्दीखोलामा मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?