कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पश्चिम नवलपरासीमा कांग्रेसबाट ६१ जनाको नाम सिफारिस

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक सदस्यतर्फ गरी ६१ जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या ४० र प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा २१ जनाको नाम सिफारिस गरिएको जिल्ला सचिव कुलदीप आचार्यले बताए । 

पश्चिम नवलपरासीमा कांग्रेसबाट ६१ जनाको नाम सिफारिस

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, संविधान सभा सदस्य देवकरण जयसवाल, कुलदीप आचार्य, उषा बास्तोला र उद्योगपति विनोद चौधरीलाई सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) प्रत्यक्षमा विश्वप्रेम पाठकको एकल सिफारिस गरिएको छ । प्रदेश सभा (ख) बाट मुकुल कुमार आचार्यको नाम एकल सिफारिस गरिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल, भीमबहादुर थापा, नरेन्द्र गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) को प्रत्यक्षतर्फ यामलाल पाण्डे, यामप्रसाद भुसाल, सोमबहादुर रायमाझी र मोहनप्रसाद शर्माको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख) प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य बैजनाथ कलवार, विक्रम यादव, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवाली, विनोदकुमार पाण्डेको नाम सिफारिस गरिएको छ । त्यसैगरी प्रतिनिधिसभा समानुपातिक सदस्यतर्फ लालबहादुर गुरुङ, गिरीषबहादुर थारु, ज्ञानीमाया लामा र अम्बिका चौधरी सिफारिस भएका छन् । त्यस्तै प्रतिनिधिसभाको समानुपातिक सदस्यतर्फ सिफारिस हुनेमा पार्टी जिल्ला सभापति अर्जुन पोखरेल, रामचन्द्र मौर्य र मञ्जु खत्री पनि रहेका छन् ।

प्रदेशसभा समानुपातिक सदस्यतर्फ शुकबहादुरु गुरुङ, दीपप्रकाश लोहनी, तपचन्द्र विश्वकर्मा, कर्णबहादुर विक, प्रेमकामु मगर, पशुपति चौधरी, सूर्यमान चौधरी थारु कमला पराजुली, धनमति सापकोटा, बिजुला श्रेष्ठ, रमिता चौधरी, लक्ष्मी तिवारी र विन्दा कहारलाई सिफारिस गरिएको छ ।

प्रदेशसभाकै समानुपातिक सदस्यतर्फ हस्मुदिन शेख, राधिका पाण्डे, बिमला उपाध्याय, रमादेवी चौधरी, देवी पोखरेल, उत्तमा राय, रामबहादुर क्षेत्री, गीता पौडेल, गोपी पुन, रुद्रनाथ राय थारु, सीता गुरुङ, ज्योति ढकाल पराजुली, शिवशंकरप्रसाद राय, कृष्णनारायण श्रेष्ठ, सुनिता सुवेदी श्रेष्ठ, टिचन गुरुङ, आरधना भट्ट, अयोध्याप्रसाद यादव, राधेश्याम पाठक र अनिता दवाडी तिवारी र रम्भा कुवरलाई सिफारिस गरिएको छ ।

जिल्लामा देवेन्द्रराज कँडेल र विक्रम खनालबीचको गुटको चर्को द्वन्द्वको कारण एक अर्काले दोषारोपण गर्दै आएका छन् । क्षेत्र नम्बर २ का सभापति माधव पाण्डेले कँडेलको एकल सिफारिस गरिएको बताए पनि जिल्ला समितिले भने यसलाई मान्यता दिएको छैन् ।

प्रकाशित : भाद्र २०, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?