पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता ‘दिपक’लाई जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लागूऔषध मुद्दामा दुई भारतीय नागरिकलाई नियतवश फसाइएको भन्ने मुद्दामा थप अनुसन्धानका लागि गुप्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी

लागूऔषध मुद्दामा गुप्तालाई पक्राउ गरेर अनुसन्धान गनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेपछि गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत नवलपरासीका स्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए ।

असार २२ गते जिल्लाको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भई भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ । पक्राउ पुर्जी जारी भएका गुप्ता १० दिनदेखि कार्यालयमा नआएको र उनको खोजीकार्य भैरहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख ऋषीराम कण्डेलले बताए ।

प्रकाशित : भाद्र २०, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?