२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु, १० घाइते

दुर्गालाल केसी

दाङ — दाङमा तीजको नाच भइरहेको ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका- १२, गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

घटनामा १० जना घाइते भएको उनले जानकारी दिए । घटनास्थल विकट पहाडी गाउँमा भएको र फोन सम्पर्क नभएकाले सबै विवरण आउन नसकेको गौतमले बताए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको डीएसपी गौतमले जानकारी दिए ।

प्रकाशित : भाद्र १५, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?