स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ अवैध रकम बरामद गरेको छ ।  बुटवल उपमहानगरपालिका ८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दीप शाक्यबाट रकम बरामद गरेको हो । 

स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद

रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त रकम बरामद गरेको हो ।

बरामद गरेको रकम सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?