कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कपिलवस्तुमा गोली प्रहार गरी एकको हत्या

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको मायादेवी गाउँपालिकामा एक जनालाई शुक्रबार दिउँसो गोली प्रहार गरी हत्या गरिएको छ । वडा नं. ५ मद्रहवा गाउँ बस्ने ५० वर्षका रामसमुझ पासीलाई अपरिचित दुई जनाले गोली प्रहार गरेका थिए ।

गम्भीर घाइते उनको उपचारका लागि सदरमुकाम तौलिहवास्थित अस्पताल ल्याउँदै गर्दा दिउँसो ४:१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नचिनेका व्यक्तिले उक्त गाउँपालिकाको वडा ६ महादेवामा बोलाएर एक जनाको खाली घरको पछाडी पट्टी लगेर गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेम बस्नेतले बताए । उनको शव तौलिहवा अस्पतालमा राखिएको छ ।


प्रकाशित : भाद्र १०, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?