कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्ट लागेर नेपालगन्जमा बाबुछोराको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– १७, ढोडेगाउँ निवासी ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो । 

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शनिबार बिहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो ।

त्यसपछि उनलाई बचाउन गएका परसुरामलाई पनि करेन्ट लागेको हो । छोरा र नातिलाई बचाउन जाँदा ८५ वर्षीय हजुरआमा रामराजी कलवार घाइते भएकी छिन् ।


प्रकाशित : भाद्र ४, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?