कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुधार केन्द्रमा एक जनाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित आरम्भ पुनर्स्थापना सुधार केन्द्रमा रहेका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक घर्तीमगरका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्‍याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो ।

उनी एक हप्ताअघि मात्र उक्त सुधार केन्द्रमा आएका थिए । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ । अधिकारीको मृत्युका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?