२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

जसपा नेता यादव एमाले प्रवेश

घनश्याम गौतम

बुटवल — जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद  विजयबहादुर यादव नेकपा एमाले प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए । 

जसपा नेता यादव एमाले प्रवेश

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो । पार्टी कारबनहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

मन्त्री यादवलाई एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले मंगलबार बाँकेमा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गराएका हुन् ।


प्रकाशित : श्रावण ३१, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?