पाल्पा जरेपिपलमा ट्रकबाट खसेर एक जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

पाल्पा जरेपिपलमा ट्रकबाट खसेर एक जनाको मृत्यु

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमागर्अन्तर्गत जरेपिपलमा ट्रकबाट खसेर एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत जरेपिपलमा मंगलबार तानसेन नगरपालिका-८, जरेपिपलका २५ वर्षीय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गौतम बोहोराले जानकारी दिए । श्रेष्ठ सोमबार राति जन्मदिन मनाएर मादक पदार्थ सेवन गरी राजमार्गमा साथीहरूसँग थिए ।

मध्यरातमा ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएको आरोपमा श्रेष्ठलगायतले कुटपिट गर्न ट्रकमा चढ्ने क्रममा खसेर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी, प्रहरी चौकी प्रभागले ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ । घटना राति साढे १२ बजे भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलको होटलमा महिला र पुरुष मृत फेला

अमृता अनमोल

बटवल — बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् ।

धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको कुमपुर–५ ठेगाना भएका युवक र ती युवती आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार युवतीको नाम पुष्पा र घर दाङ भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको भन्ने खुलेको छ ।

युवती पलङमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । तन्ना र टावेलमा रगत पोतिएकाले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक घिमिरेले बताए । यद्यपि घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×