१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बुटवलको होटलमा महिला र पुरुष मृत फेला

अमृता अनमोल

बटवल — बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् ।

धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको कुमपुर–५ ठेगाना भएका युवक र ती युवती आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार युवतीको नाम पुष्पा र घर दाङ भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको भन्ने खुलेको छ ।

युवती पलङमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । तन्ना र टावेलमा रगत पोतिएकाले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक घिमिरेले बताए । यद्यपि घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?