दुर्घटनाग्रस्त मोटरसाइकलसँगै युवक मृत फेला

अमृता अनमोल

बुटवल —  पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल–१२ नयाँगाउँको सडक छेउमा दुर्घटनाग्रस्त मोटरसाइकलसँगै एक युवा मृत अवस्थामा फेला परेका छन् ।

बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्री लु ३६ प ४७४२ नम्बरको दुर्घटनाग्रस्त मोटरसाइकलसँगै मृत अवस्थामा भेटिएका हुन् ।

मंगलबार बिहान मृत अवस्थामा भेटिएका खत्रीको शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?