नेपालगन्जमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु गएको छ । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो ।

नेपालगन्जमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु

चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको हो ।

३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्यान जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए । उच्च रक्तचापले आत्तिएर अघिल्लो रात अस्पताल पुगेकी २२ वर्षीया महिलाको मृत्यु भएपछि शोकाकुल परिवार र आफन्तले तनाव सिर्जना भएको थियो । उनीहरुले चिकित्सकको लापरबाहीले उनको र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका हुन् ।

अस्पताल चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेका थिए । ‘केस सिरियस थियो । डाक्टरहरुबाट तीनै जनाको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ । लापरबाही पटक्कै भएको छैन,’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले, ‘प्रयास गर्दा पनि ज्यान जोगाउन सकिएन ।’

प्रकाशित : श्रावण ३१, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?