कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटक बढे

रासस

काठमाडौँ — बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको थियो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा सामान्य: बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । पथप्रदर्शक अनुराम चौधरीले भने, 'यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ । बाघ देख्दा उनीहरू खुसी हुन्छन् ।'

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको बताइन्छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । 'यो सङ्ख्या हाम्रो लागि सुःखद हो । अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ,' प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने ।

प्रकाशित : श्रावण ३०, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?