कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कांग्रेसको बुई चढेर समाजवाद आउँदैन : प्रदीप ज्ञवाली

‘कामचलाउ सरकारले मतदाता प्रभावित नपारोस्’
हरि गौतम

रुकुम पूर्व — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसको बुई चढेर समाजवाद नआउने बताएका छन् । प्रेस चौतारी रुकुम पूर्वले सोमबार रुकुमकोटमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीतर्फ लक्षित गर्दै कांग्रेसको बुई चढेर समाजवाद सम्भव नभएको जिकिर गरेका हुन् ।

कांग्रेसको बुई चढेर समाजवाद आउँदैन : प्रदीप ज्ञवाली

‘भनाइमा समाजवादी केन्द्र बनाउने‚ गराइमा कांग्रेस केन्द्र बनाउने जस्तो देखिएको छ । कुरा र व्यवहार मिलेन,’ उनले भने, ‘कम्युनिस्ट केन्द्र बनाउनलाई कांग्रेसको साथ छाड्नुपर्छ ।’ वृहत् कम्युनिस्ट पार्टी निर्माण गर्न सकिने सम्भावना रहेको भन्दै उनले त्यसका लागि एमाले सदैव तयार रहेको समेत बताए ।

यसैगरी उनले कामचलाउ सरकारले दीर्घकालिन असर पार्ने खालका निर्णय गर्न नहुने बताएका छन् । आसन्न निर्वाचनको मिति घोषणा भइसकेकाले सरकार अब कामचलाउ भइसकेको भन्दै उनले काम चलाउ सरकारले दीर्घकालीन असर पार्ने किसिमका निर्णय गर्नु नहुने बताए ।

प्रेस चौतारी रुकुम पूर्वले सोमबार रुकुमकोटमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उपमहासचिव ज्ञवालीले सरकारलाई नयाँ विधेयक र नयाँ कार्यक्रम नल्याउन; कुनै पनि आयोजनाको उद्घाटन, शिलान्यास गरेर मतदाता प्रभावित नपार्न सरकारलाई आग्रह गरेका छन् । निर्वाचनको मिति घोषणा भइसकेकाले सबैले अनुशासनपूर्वक त्यसको परिपालना गर्नुपर्ने उनले बताए ।

निर्वाचन सार्ने, धकेल्ने सरकारको योजना सफल नभएपछि मंसिरमा घोषणा गरिएको निर्वाचनमा अब एमाले डटेर निर्वाचनमा लाग्ने बताए । घोषित निर्वाचनको निर्णयलाई एमालेले स्वागत गरेको भन्दै उनले अब एमाले निर्वाचनमा होमिइसकेको बताए ।

उनले मुख्य ५ एजेन्डाका साथ नेकपा एमाले आगामी निर्वाचनमा जाने बताए । राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको बचाउ, समृद्धि र विकास, संकटग्रस्त अर्थतन्त्रको उद्धार तथा सुशासनको एजेन्डासहित एमाले निर्वाचनमा होमिएको उपमहासचिव ज्ञवालीले बताए ।

कार्यकर्ता प्रशिक्षणका क्रममा ज्ञवाली रुकुम पूर्व आएका हुन् ।

प्रकाशित : श्रावण ३०, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?